२ बैशाख २०८०, शनिबार ०९:४९
काठमाडौँ, बैशाख २
महोत्तरीसहितका जिल्लाबाट काठमाडौँमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याज पीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन् ।
सरकारले आफूहरूको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरूले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, किर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौँ केन्द्रित संघर्ष गरिरहेका छन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालको अगुवाइमा पीडितले शनिबार दिउँसो साढे १२ बजे शान्तिबाटिकामा मार्चपाससहित धर्ना दिन लागेको हो ।





