४ बैशाख २०८०, सोमबार ०८:५७
काठमाडौं, बैशाख ४
संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।





