७ बैशाख २०८०, बिहीबार ०८:३०
काठमाडौं, बैशाख ७
यही वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बज हुँदैछ।
वैशाख १० गते आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मध्यरात १२ बजेदेखि प्रचारप्रसार गर्न पाइने छैन। मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
मतदान हुनु ४८ घण्टा अघि मौन अवधि सुरु हुने प्रावधान छ । आयोगले आफ्ना उम्मेदवार रोजी भयरहित भई मतदानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ।





