८ बैशाख २०८०, शुक्रबार १४:२५
काठमाडाैं, बैशाख ८
यहि वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबार रातिबाट नेपाल-भारत सीमा नाका बन्द गरिने भएको छ ।
शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द हुने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको हो । मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयाे ।





