१० बैशाख २०८०, आईतवार १०:३१
काठमाडौं, बैशाख १०
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आइतबार दुई खेल हुँदैछ ।
च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।
हिमालयन तेस्रो तथा सातदोबाटो छैटौं जितको खोजीमा हुनेछ ।
हिमालयन ९ अंकका साथ १३ औं स्थानमा रहँदा सातदोबाटो १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा संकटा क्लब र थ्री स्टार क्लबबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ ।





