११ बैशाख २०८०, सोमबार ०७:५८
काठमाडौं, बैशाख ११
एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबका बिचमा बीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
नेपालले अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ।
सो खेलको सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।





