१५ बैशाख २०८०, शुक्रबार ०९:२९
पोखरा, बैशाख १५
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदै हुनुहुन्छ ।
नेकपा माओवादी लगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपराह्न १२ः०० बजे पद तथा गोपनीयताका शपथ लिन लाग्नुभएको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँको पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।





