१८ बैशाख २०८०, सोमबार ०९:०३
काठमाडौं, बैशाख १८
सोमबार देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एकदुई स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मध्याह्नपछि अन्य स्थानमा पनि पानी पर्ने प्रणाली सक्रिय रहने छ । दिउँसो मधेश प्रदेशमा बढी हावाहुरीको सम्भावना छ ।
महाशाखाले सडक तथा हवाइ यातायातलगायत क्षेत्र प्रभावित हुन सक्ने देखिएकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।





