१९ बैशाख २०८०, मंगलवार १०:३१
काठमाडौं, बैशाख १९
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार दोस्रो लेगका खेल शुरु हुँदैछ।
दोस्रो लेगअन्तर्गत पहिलो चरणका खेलमा मंगलबार दुई खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदैछ।
यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा थ्रीस्टार र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुँदैछ।





