२१ बैशाख २०८०, बिहीबार १६:०४
काठमाडौं, बैशाख २१
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नेताद्वयबीच बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा संवैधानिक परिषद् बैठकलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
अध्यक्ष ओलीका सचिवालयका अनुसार प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा असन्तुष्टि जनाउँदै बजेट कटौती नगर्न ध्यानाकर्षण गराउनुभएको छ ।





