२५ बैशाख २०८०, सोमबार ०९:२२
काठमाडौँ, बैशाख २५
आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।
प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरूप आजका लागि बैठक बोलाइएको हो । उहाँका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन ।
बैठक साँझ ६ः०० बजे बस्नेछ ।





