२९ बैशाख २०८०, शुक्रबार ०८:४५
काठमाडौं, बैशाख २९
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार तीन खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्स सातदोबाटोमा एक खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा १६ खेलबाट २० अंक जोडेर दशौँ स्थानमा छ भने पुलिस समान खेलबाट १६ अंकसहित तालिकाको अन्तिम स्थान अर्थात् ‘रेलिगेसन जोन’मा छ।
दशरथ रंगशालामै साँझ ६ बजे न्यूरोड टिम एनआरटी र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ। एनआरटी १६ खेलबाट १८ अंकसहित १२औँ स्थानमा रहँदा खुमलटार समान खेलबाट १७ अंकसहित १३औँ स्थान अर्थात् रेलिगेसन जोनमै छ ।
दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ।





