२ जेष्ठ २०८०, मंगलवार ०६:५८
काठमाडौं, जेठ २
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)को केन्द्रीय समितिको पूर्ण बैठक मंगलबार बिहान ८ बजे पुनः बस्दैछ।
काठमाडौंको धूमबाराहीमा सोमबार शुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले मंगलबार पुनः बस्न लागेको हो।
बैठकमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा प्रस्तुत ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन।





