५ जेष्ठ २०८०, शुक्रबार ०९:०१
काठमाडौं, जेठ ५
सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।
हिजो बिहीबार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडासहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रदर्शनमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाहीको माग गरिएको थियो ।





