७ जेष्ठ २०८०, आईतवार १६:१८
चितवन, जेठ ७
क्षेत्र नं.२ (ख) चितवन बाट निर्वाचित सांसद उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्री बन्नु भएको छ ।
माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नु भएका जमरकट्टेलले कांग्रेसबाट थप मन्त्रीहरु नियुक्त गर्नुभएको हो ।
स्वास्थ्य मन्त्री बन्नु भएका जोशी चितवन कांग्रेसका निवर्तमान सचिव हुनु हुन्छ । उहाँ युवा पुस्तामा लोकप्रिय नेतामा पर्नुहुन्छ । जोशी प्रखर वक्ताको साथै निडर स्वभावका हुनुहुन्छ । सांसदमा निर्वाचित भएलगत्तै जोशी अलपत्र परेका विकास निर्माणको निरन्तर अनुगमन, निरीक्षण गर्दै समयमै सम्पन्न गर्न दवाब दिँदै आइरहनु भएको छ ।
मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज मन्त्रीपरिषद् विस्तार गर्नु भएको हो । आजनै नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गर्नु हुने छ ।





