१० जेष्ठ २०८०, बुधबार ०८:३३
काठमाडौं, जैठ १०
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभावले पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली छ। दिउँसो देशभरको मौसम सामान्य देखि पूर्णतया बदली रहनेछ।
काठमाडौं उपत्यकासहित बागमती, कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा बुधबार भारी वर्षाको समेत सम्भावना रहेको छ।





