१२ जेष्ठ २०८०, शुक्रबार ०९:५५
काठमाडौँ, जेठ १२
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो ।
गत सोमवार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो ।





