१४ जेष्ठ २०८०, आईतवार १९:०२
काठमाडौं, जेठ १४
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार भएका खेलमा मनाङ मर्स्याङ्दी र एनआरटी विजयी भएका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा मनाङले थ्री स्टारलाई १–० बाट पराजित गरेको हो।
जितसँगै मनाङले लिगमा २८ अंक बनाउँदै १० औँ स्थानमा उक्लिएको छ।
आजै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ। च्यासल खेल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटोलाई २–१ गोलले हराएको हो।





