२१ जेष्ठ २०८०, आईतवार ०९:२१
काठमाडौं, जेठ २१
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार चार खेल हुँदैछ।
दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्।
यस्तै च्यासल खेल मैदानमा दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।
एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे नै शुरु हुने एफसी खुमलटार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
रंगशालामा हुने साँझ ६ बजे हुने खेलमा फ्रेण्डस् क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा गर्नेछन्।





