२२ जेष्ठ २०८०, सोमबार ०६:३७
काठमाडौं, जेठ २२
कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आइतबार सार्वजनिक गरेको विवरणअनुसार ७६० जनामा गरिएको परीक्षणमा कोही पनि संक्रमित नपाइएको हो।
तर अहिले देशभर १७ सक्रिय संक्रमित छन्। तर कोही पनि सघन उपचार कक्ष (आइसीयू) र भेन्टिलेटरमा छैनन्। यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि संक्रमण कम भएपछि नेपालमा यसको प्रभाव देखिएको हो।





