२२ जेष्ठ २०८०, सोमबार २१:३२
काठमाडौं, जेठ २२
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा व्यक्तिले आफ्ना इच्छाअनुसार धर्म मान्न पाउने अधिकार रहेको तर जबर्जस्ती धर्म परिवर्तन गराउन नपाउने बताउनुभएको छ ।
ललितपुरमा आज आयोजित ‘लोकतन्त्रमा धर्म तथा आस्थाको स्वतन्त्रता’ विषयक कार्यशालामा उहाँले राज्यको धर्म नभएको र धार्मिक स्वतन्त्रताको निम्ति राज्य सधैँ गम्भीर रहेको बताउनुभयो ।





