२३ जेष्ठ २०८०, मंगलवार ०७:२५
काठमाडौं, जेठ २३
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट शुरु हुनेछ । बैठकमा आज (मंगलबार) पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ ।
हिजोबाट शुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो । प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्ने छन् ।





