२४ जेष्ठ २०८०, बुधबार १०:०१
काठमाडौं, जेठ २४
प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूचि रहेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले बुधबार पनि निरन्तरता पाउने भएको हो ।





