२६ जेष्ठ २०८०, शुक्रबार ०६:४२
काठमाडौं, जेठ २६
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे सर्वदलीय छलफल गर्ने भएको छ।
संविधानविपरीत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा आयोगले संसद्भित्र र बाहिरका सबै दलसँग आज छलफल गर्न लागेको हो।
बैठक बिहान साढे ११ बजे आयोगको केन्द्रीय कार्याय कान्तिपथमा बस्दैछ। आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानमा भएको व्यवस्थाविपरीत गएर सरकारले आयोगलाई कार्यापालिका मातहत राख्ने ढंगको काम गरेकाले त्यसबारे सबै दलसँग परामर्श गर्न लागिएको जानकारी दिर्नुभयो ।





