२८ जेष्ठ २०८०, आईतवार ०७:२०
काठमाडौं, जेठ २८
कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको बताउनुभएको छ ।
हिजो शनिवार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही आइसकेको र केही भने आउन बाँकी रहेको बताउनु भयो । उहाँले मलका लागि ठूलो संकट नहुने बताउनुभयो ।
उहाँले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले काम गरिरहेको र मलमा बजेटको सुनिश्चितता गरिएको बताउनुभयो । मन्त्री भुसालले आफ्नो पार्टी दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको तर निर्णयक भने नभएकाले आफ्नो हिसावले काम गर्न नसकेको बताउनुभयो ।





