काठमाडौं, असार ३
नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
आइतबार युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै युनियनका महासचिव योगेन्द्र कुँवरले सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुने बताउनुभयो । उहाँले नेपाली ट्रेड युनियन कांग्रेसको विधानतः सम्पन्न गर्नुपर्ने ७७ जिल्ला समिति, सात वटा प्रदेश र २७ वटा संवद्ध राष्ट्रिय आवद्ध संघहरुको अधिवेशन सम्पन्न भइसकेको पनि जानकारी दिनुभयो ।
महासचिव कुँवरले करिब १५ सय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागितामा कांग्रेसका शीर्षस्थ नेतृत्व गण, अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनका नेताहरु, नेपाल सरकार, रोगारदाता संघका विशेष प्रतिनिधिहरुको सहभागीतामा असार ४ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने बताउनुभयो ।





