५ असार २०८०, मंगलवार ०९:५०
काठमाडौं, असार ५
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा मंगलबार नेपालले अमेरिकासँग खेल्दैछ ।
जिम्बावेको ताकासिङ्गा स्पोर्टस् क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ । नेपाल र अमेरिका दुबै टोली मंगलबार पहिलो जित निकाल्ने योजनामा छन् ।
छनौट प्रतियोगिताको पहिलो खेलमा नेपाललाई आयोजक जिम्बावेले हराएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग पराजित भएको थियो । एकदिवसीय विश्वकप छनोटमा नेपाल र अमेरिकाबीच पहिलो पटक खेल हुन लागेको हो । तर, एकदिवसीय अन्तराष्ट्रियमा भने यी दुई टोली ६ पटक आमने सामने भईसकेका छन् । ६ खेलमा नेपाल ३ पटक विजेता हुँदा अमेरिकाले २ पटक जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो ।
प्रतियोगितामा नेपाल सहित १० टोली सहभागि छन् ।





