६ असार २०८०, बुधबार ०८:१३
काठमाडौं, असार ६
नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । यस जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ ।
अमेरिकाले जितका लागि दिएको २ सय ८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले १ सय १४ बलमा ७ चौका र १ छक्कासहित अविजित ७७ रन बनाएका हुन् ।





