६ असार २०८०, बुधबार १०:३५
काठमाडौं, असार ६
संघीय संसद अन्तर्गत बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।
प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल भएको थियो ।





