६ असार २०८०, बुधबार २२:२९
काठमाडौं, असार ६
भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ ।
कमजोर डिफेन्सका कारण नेपाल बुधबार भएको साफ च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको छ ।बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपालले कुवेतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको हो ।





