१३ असार २०८०, बुधबार ०७:४२
काठमाडौं, असार १३
सरकारले बुधबार प्रतिनिधिसाबाट आगामि आर्थिक वर्षको बजेट पारित गराउने भएको छ ।
बिहान ११ बजे सङ्घीय संसद भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेकाे छ ।
गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक पेश गर्नुभएको बजेट बुधबार पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुनेछ ।





