१७ असार २०८०, आईतवार २२:२२
काठमाडौं, असार १७
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख खापुङले ५ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
उहाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
अब दलहरुले असार २१ गते बिहीबार अपराह्न ५ बजेसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्रीको प्रस्ताव पेस गर्नुपर्नेछ ।





