काठमाडौँ, असार १८
संघीय संसद् भवन नयाँ बानेश्वरमा आज राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यसैगरी बैठकमा बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।
साथै, शिक्षा मन्त्री अशोककुमार राईले विद्यायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख रहेको छ ।





