२० असार २०८०, बुधबार २१:३७
काठमाडौं, असार २०
नेकपा (एमाले)को अवरोधका कारण ३० मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बिहीबार सम्मका लागि स्थगित भएको छ ।
एमालेका सांसदको अवरोधपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । पुनः बैठक बस्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।





