२१ असार २०८०, बिहीबार ११:१३
काठमाडौं, असार २१
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझसम्ममा माध्यामिक तह परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
डाटा प्रवेशलगायतका सबै काम सकिएकाले बिहीबार साँझसम्ममा नतिजा सार्वजनिक गर्ने निर्णय हुनसक्ने बताइएको छ ।
बोर्डले विभिन्न संचार माध्यमहरु मार्फत नतिजा हेर्न मिल्ने ब्यवस्था पनि गरिसकेको छ ।
बिहीबार साँझ संभव नभए शुक्रबार बिहानै नतिजा सार्वजनिक हुनसक्ने बोर्डले जनाएको छ । यो वर्ष पनि ग्रेडिङ पद्धति अनुसार नै नतिजा सार्वजनिक गरिने छ ।





