२१ असार २०८०, बिहीबार २२:२९
काठमाडौं, असार २१
राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
बिहीबार दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिनुभयो । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत बढी रहेको छ ।





