काठमाडौं, असार २३
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको छ।
शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।





