२६ असार २०८०, मंगलवार ०७:३४
काठमाडौं, असार २६
नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदैछ।
बंगलादेशविरुद्धको दुई मैत्रिपूर्ण खेलका नेपाल आज बंगलादेश जान लागेको हो। असोज पहिलो सातादेखि हुने १९औं एसियाली खेलकुदको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रिपूर्ण खेल्न लागेको हो।
पहिलो मैत्रिपूर्ण बिहीबार र दोस्रो खेल आइतबार हुनेछ। दुवै खेल ढाकामा हुनेछन्।





