२९ असार २०८०, शुक्रबार २१:१९
काठमाडौं, असार २९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलित समुदायका व्यक्तिहरुलाई राज्यको सर्वोच्च निकायमा पुर्याउनुपर्ने बताउनुभयो ।
शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले दलित समुदायका व्यक्ति देशको प्रधानमन्त्री नभएसम्म जातिय छुवाछुत अन्त्य नहुने धारणा राख्नुभयो ।





