३० असार २०८०, शनिबार १०:३६
काठमाडौं, असार ३०
बैंक तथा वित्तीय संस्थाहरू आज शनिबार पनि खुला रहने भएका छन् ।
चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यान दिँदै शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो । अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेपछि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरू खुला भएका हुन् ।





