काठमाडौं, असार ३१
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ।
आइतबार बिहान हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा को समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।
राती भने मधेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ।





