३१ असार २०८०, आईतवार १८:०८
चितवन, असार ३१
भरतपुर ५,बिकास चोकमा रहेको अर्बिट कलेजले यसै शैक्षिकसत्र देखि कक्षा ११ र १२ मा चार उत्कृष्ट संकायको एकेडेमिक कोर्स थप गरेको छ। कलेजले फेसन डिजाइनिङ्ग, इन्टेरियर डिजाइनिङ्ग, होटल म्यानेजमेन्ट र कानुन संकायको कोर्स यसै बर्षदेखी थप गरेको हो ।
यस अघि अर्बिट कलेजमा बायो साइन्स,कम्प्युटर साइन्स र म्यानेजमेन्ट बिषय पढाई हुदै आइरहेको थियो।
कलेजका अध्यक्ष दिपेन्द्र राज ढकालका अनुसार चार संकाय मध्य राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ मा इन्टेरियर डिजानिङ्ग र फेसन डिजाइनिङ्ग बिषयमा नेपालमै पहिलो पटक यस कलेजले सम्बन्धन प्राप्त गरेको हो ।
स्वदेश वा बिदेश जहाँ पनि इन्टेरियर डिजाइनर वा फेसन डिजानरको राम्रो स्कोप भएको बुझेर नै हामिले यी कोर्सहरुको सम्बन्धन लिएको अध्यक्ष ढकालले बताउनु भएको हो ।





