१ श्रावण २०८०, सोमबार ०७:५९
मकवानपुर, साउन १
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक शर्माले प्रमाणीकरण गर्नुभएको हो ।
साथै उहाँले आव २०८०र८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।





