२ श्रावण २०८०, मंगलवार ०९:२६
काठमाडौं, साउन २
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध नगर्न सरोकारवालाहरुलाई आदेश दिएको छ ।
साथै काठमाडौंबाट फोहोर लिएर जाने गाडीहरुबाट शुल्क पनि नअसुल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने गाडीहरुबाट शुल्क उठाउने र नदिए अवरोध गर्ने नुवाकोटको ककनी गाउँपालिकाको निर्णयविरुद्ध आदेश दिएको हो ।





