५ श्रावण २०८०, शुक्रबार ०७:४१
काठमाडौँ, साउन ५
विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत् छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ ।
नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा छ । नेपालपछि भुटान १८५औँ, बङ्गलादेश १८९औँ, पाकिस्तान २०१औँ, र श्रीलङ्का २०४औँ स्थानमा छ ।
विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौँ स्थानमा छन् ।





