चितवन, साउन ७
भरतपुर १२ मा रहेको अथर्व बचत तथा ऋण सहकारी सस्था लि.ले आफनो वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । हिजो शनिबार रामवेल सामुदायिक बन उपभोक्ता समूह भरतपुर १२ को परिसरमा बडहर,निम गुलाबजामुन आदि विभिन्न प्रजातिका २०० थान बिरूवाहरू सारेर वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको हो ।
कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष भरतप्रसाद दवाडीले गर्नुभएको थियो भने सञ्चालन संस्थाका व्यवस्थापक प्रेमप्रसाद ढकालले गर्नुभएको हो ।
कार्यक्रममा बागमती प्रदेसका स्वास्थ्य मन्त्री उत्तम जोशी, भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्त, संस्थाका संस्थापक अध्यक्ष शालिग्राम शर्मा, जिल्ला सहकारी संघ वरिण्ठ उपाध्यक्ष भक्तिराम अधिकारी, रामवेल समुदायिक बन उपभोक्ता समुहका अध्यक्ष, कालिका टोलविकास संस्थाका अध्यक्ष तथा दिपेन्द्र टोलविकास संस्थाका अध्यक्ष, संस्थाका पदाधाकरीहरू कर्मचारीहरू स्थानिय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।







