९ श्रावण २०८०, मंगलवार ०७:३३
काठमाडौं, साउन ९
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता हुनुभएको छ ।
कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि त्यहाँ पुग्नुभएका उहाँ सोमबार राति स्वदेश फर्किनुभएको हो । कम्बोडियाको सातौँ राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षण गर्न ओली यही साउन २ गते कम्बोडिया जानुभएको थियो ।





