१० श्रावण २०८०, बुधबार ०९:२६
काठमाडौं, साउन १०
कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतमा बुधबार पनि वहस निरन्तर हुने भएको छ ।
मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ । बुधबार पुनः वहस जारी रहने छ ।
गत सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।





