११ श्रावण २०८०, बिहीबार ०७:२८
काठमाडौं, साउन ११
नेपाली कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो । १४ औं महाधिवेशनका बेला नेतृत्व मात्रै चयन गरेको कांग्रेसले नीति अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको थियो । तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको छ ।
महासमिति बैठक काठमाडौंमा बस्नेछ । यस्तै सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको पनि महामन्त्री शर्माले जानकारी दिनुभयो ।





