१५ श्रावण २०८०, सोमबार १०:०४
काठमाडौं, साउन १५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिनुभएको छ ।
नेपाल सरकारका मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग समसामयिक विषयमा बसेको बैठकमा उहाँले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणकाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने निर्देशन दिनुभएको हो ।





